Political Hightlights

जेलमा रहेका चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाउने जसपाको निर्णय

हिमालय टिभी
२०७८ साउन १३ गते १९:२२
जेलमा रहेका चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाउने जसपाको निर्णय

१३ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टीले जेलमा रहेका रेशम चौधरीसहित ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी बनाउने निर्णय गरेको छ ।

उक्त पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा सनाखतका बेला तटस्थ बसेका चौधरीलाई पनि समेटेर अघि बढ्ने निर्णय गरेको हो ।

तटस्थ बसेका चौधरीले पार्टीमा बस्ने भनेर खबर पठाएकाले केन्द्रीय कार्यकारिणीमा समावेश गरिएको पार्टीका प्रवक्ता डम्बर खतिवडाले बताउनुभयो । बैठकले एकता प्रक्रियामा आएका शिवलाल थापा मगरलाई पनि केन्द्रीय कार्यकारिणीमा मनोनित गरेको छ ।

निर्वाचन आयोगमा आफ्नो पक्षमा उभिएका ३४ तथा चौधरी र थापासहित जसपाको केन्द्रीय कार्यकारिणी ३६ सदस्यीय बनाइएको छ । ठाकुर पक्षका १६ जना पार्टीबाट हटेका छन् ।

बैठकले निस्कासन गरेको नभइ आयोगको निर्णयले नै ठाकुर समूह पार्टीबाट बाहिरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

आजको बैठकमा सरकारमा सहभागिताबारे छलफल भए पनि मन्त्रालय बाँडफाँट भएपछि मात्रै पार्टीबाट सहभागी हुने मन्त्रीको नाम तय गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्