Main News

गम्भीर बिरामी र उच्च ज्वरो आएकाले जोन्सन खोप लगाउन नहुने

हिमालय टिभी
२०७८ साउन १३ गते १६:०६
गम्भीर बिरामी र उच्च ज्वरो आएकाले जोन्सन खोप लगाउन नहुने

१३ साउन २०७८ काठमाडौं । सरकारले गम्भीर बिरामी र उच्च ज्वरो आएका व्यक्तिले कोरोना विरुद्धको जोन्सन खोप लगाउन नहुने स्पष्ट पारेको छ ।

अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असर बारे सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्न गरिएपछि स्वास्थ्य मन्त्रालयले यससम्बन्धी मार्गदर्शन नै सार्वजनिक गरेको छ ।

मार्गनिर्देशन अनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिले पनि यो खोप लगाउन हुँदैन । यस्तै पहिला कोरोनाका खोप लगाइसकेका व्यक्ति, प्लाज्मा थेरापी गरेका व्यक्तिले पनि यो खोप लगाउन नहुने मार्गनिर्देशनमा उल्लेख छ।

रगत बग्ने समस्या भएका वा रगत पातलो गराउने औषधि लिइराखेका व्यक्तिलाई विशेष निगरानी वा परामर्शमा मात्रै खोप दिन सकिने मन्त्रालयले जनाएको छ ।

अमेरिकाले हालै उपलव्ध गराएको १५ लाख ३४ हजार डोज जोन्सन खोप अहिले विभिन्न उमेर समूहलाई लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *