ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक दम्पतीको मृत्यु

हिमालय टिभी
२०७८ साउन १३ गते ७:२५
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक दम्पतीको मृत्यु

१३ साउन २०७८ झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

गएराती १२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका– ३ बस्ने ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको हो ।

घाइते दम्पतीलाई उपचारका लागि लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि ठक्कर दिने ट्रक , ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापा र मोटरसाइकल दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *