आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

हिमालय टिभी
२०७८ साउन १२ गते १८:५७
आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

१२ साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा गुणराज लोहनीले ती स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डिपिआर तयार गरी पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ मा ३९६ स्थानीय तह र आव २०७८/२०७९ मा २५९ स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

तीन सय ९६ स्थानीय तहबाट अहिलेसम्म जग्गाको उपलब्धता, डिपिआर र बोलपत्र सम्झौता भइनसकेको र २५९ स्थानीय तहको लागि जग्गाको सुनिश्चितता, डिपिआर तयार गरी पेश गर्न मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि नपठाएको उहाँले बताउनुभयो ।

मन्त्रालयले डिपिआर पेश गरेका मात्र स्थानीय तहलाई बजेट विनियोजना गरिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *