Main News

पूर्वसभामुख महराले पाए उच्च अदालत पाटनबाट पनि सफाइ

हिमालय टिभी
२०७८ साउन १२ गते १७:१३
पूर्वसभामुख महराले पाए उच्च अदालत पाटनबाट पनि सफाइ

१२ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतकै फैसला सदर गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले जानकारी दिनुभयो ।

यससँगै अब महरालाई संवैधानिक पदमा फर्किने बाटो पनि खुलेको छ ।जबरजस्ती करणी आरोप लागेपछि महराले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिनुभएको थियो ।

प्रतिनिधिसभाको सभामुख रहेका बेला संसद सचिवालयकै एक महिला कर्मचारीले दिएको उजुरीका आधारमा महरालाइ पक्राउगरी मुद्दा चलाइएको थियो । मुद्दामा महरालाई ५ महिना डिल्लीबजार कारागारमा राखिएको थियो ।

२०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महरा कारागारमुक्त हुनुभएको थियो । जिल्ला अदालतले महरालाई सफाइ दिएपछि सरकारी पक्ष उच्च अदालत गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *