Main News

संसद र सरकारको काम प्रभावकारी बनाउन सांसदहरुको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १७:०९
संसद र सरकारको काम प्रभावकारी बनाउन सांसदहरुको माग (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सांसदहरुले प्रभावकारी काम गर्न पुनर्स्थापित संसद र नयाँ सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले सरकार र संसदले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सरकारलाई प्रभावकारी बनाउन संसदले पनि सशक्त भूमिका खेल्नुपर्ने माग गरेका छ ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अघिल्लो सरकारले जस्तो संसदलाई काम विहीन नबनाउन नयाँ सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो । थापाले संसदलाई कमजोर बनाउन कोशिस नगर्न पनि आप्नै पार्टीको सरकारलाई चेतावनी दिनुभयो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सस्तो प्रचारबाजीको कुरा नगर्न र व्यवहारिक भएर काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

उर्जा मन्त्री पम्फा भुसालले गरीबलाई निशुल्क बिजुली दिने भनेकोमा त्यो पत्याउने खालको नभएको महतले बताउनुभयो ।

नेकपा एमालेका सांसद झपट रावलले संसदलाई प्रभावकारी बनाएर सरकारलाई मार्ग दर्शन गर्नुपर्नेमा जोड दिनुभयो । रावलले छिटो खोपको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

एमालेकै अर्का सांसद खेमप्रसाद लोहनीले कहिलेसम्म सबैले खोप पाउँछन भनेर प्रश्न गर्नुभयो ।

सांसदहरुले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै जनमुखी काम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *