Main News
प्रदेश आपूर्ति केन्द्रमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन
२०७८ साउन ११ गते १८:५२
११ साउन २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले प्रदेश आपूर्ति केन्द्रमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ ।
आज सुचना निकालेर मन्त्रालयले अर्को लहर आउन सक्ने भन्दै आपूर्ती केन्द्रमा कम्तिमा पनि एक हजार सिलिन्डर अक्सिजन भरेर राख्न निर्देशन दिएको हो ।
मन्त्रालयले विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीमा रहेका केन्द्रलाई मौज्दात सिलिन्डर पनि भर्न आग्रह गरेको छ ।
निषेधाज्ञाका बाबजुद पनि कोरोना संक्रमण नघटेकाले कोरोनाको तेस्रो लहर आउने जोखिम बढेको भन्दै अक्सिजन प्लान्ट र अक्सिजन कन्सनटेटर चुस्त राख्न पनि भनिएको छ ।
प्रतिक्रिया