Main News

डेंगु र कोरोनाको लक्षण मिल्दोजुल्दो हुँदा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १४:३६
डेंगु र कोरोनाको लक्षण मिल्दोजुल्दो हुँदा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ नेपालगञ्ज । विश्वमा डेंगुका कारण वर्षमा २० हजारको मृत्यु हुने गरेको तथ्यांक छ । डेंगुका कारण मृत्यु हुनेको संख्या न्यून रहे पनि अस्पतालहरुमा संक्रमणका कारण उपचारका लागि जानेको संख्यामा पनि कमी आउन सकेको छैन ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका कारण बाँकेको अनु आले मगरलाई ज्वरो आउने, जिउ दुख्ने लगायतका समस्या देखियो । झुल नहाली खुल्ला ठाउँमा सुत्दा अनुलाई डेंगुको संक्रमण देखिएको हो ।

अनुलाई मात्रै होइन, बाँकेमा अहिलेसम्म १९ जना व्यक्तिमा डेंगुको संक्रमण देखिइसकेको छ । नेपालगन्जको भेरी अस्पताल र मेडिकल कलेजको शिक्षण अस्पतालमा डेंगुका बिरामीहरु आउनेक्रम पनि बढेको चिकित्सकहरु बताउँछन् ।

डेंगु र कोरोनाको लक्षण मिल्दोजुल्दो भएकाले डेंगु र कोरोना संक्रमण छुट्याउन गाह्रो हुने गरेको छ । डेंगु हुँदा पनि कोरोना संक्रमणको जस्तै लक्षणहरु जिउ दुख्ने, ज्वरो आउने, खानामा रुची नहुने हुन्छन् ।

त्यसैले पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्रै डेंगु संक्रमण भएको थाहा हुने गरेको छ । त्यसैले कोरोना जस्तै लक्षण देखिदाँ डेंगुको पनि परीक्षण गरी समयमै उपचार गर्न संक्रमणबाट निको भएका केशव महतराको सुझाव छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । लामखुट्टेको टोकाइबाट बच्न शरीर ढाक्ने कपडा लगाउने र राती सुत्दा झुल लगाएर सुत्नु पर्छ ।

डेंगु सार्ने लामखुट्टे टायर, गमला कुलर, खुल्ला स्थानमा पानी जमेका भाडाहरुमा बस्ने भएकाले घरवरपर कुनै पनि ठाउँमा पानी जम्न नदिने सरकारसफाई गर्न पनि आवश्यक छ । समयमै उपचार पाएको अवस्थामा डेंगु एक हप्तामा नै निको हुने भएकाले लक्षण देखिएकाहरुलाई समयमै अस्पताल आउन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *