विदेश

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ८१ जना तालिवान लडाकु मारिए

हिमालय टिभी
२०७८ साउन ११ गते ८:०३
अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ८१ जना तालिवान लडाकु मारिए

११ साउन २०७८ काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा थप ८१ जना तालिवानी विद्रोही को मृत्यु भएको छ ।

देशको उत्तरी बाल्ख राज्यमा सरकारको सुरक्षा कारबाहीमा ८१ जना विद्रोही मारिएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । लडाकुको अखाडा रहेको स्थानमा हेलिकप्टर र विमानबाट आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै काल्डार र चाम्ताल जिल्लामा भएको कारबाहीमा अन्य ४३ जना विद्रोही घाइते जनाइएको छ । घटनास्थलबाट सुरक्षाकर्मीले धेरैको संख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरू नियन्त्रणमा लिएका छन् ।

अफगानिस्तानमा लामो समयदेखि सरकार र विद्रोही समूहबीच द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटकको वार्ता निष्कर्षविहीन हुँदै आएको छ। पछिल्लो पटक अमेरिकी र नेटो सैनिकले अफगानिस्तान छाडेसँगै तालिबानले देशका विभिन्न स्थान आफ्नो नियन्त्रणमा लिइरहेको छ ।

विद्रोहीको बढ्दो प्रभावका कारण त्यहाँ ३४ मध्ये ३१ जिल्लामा रात्रिकालिन कर्फ्यु लगाइएको छ । तालिबानले देशका अधिकांश भूभागमा नियन्त्रणमा लिन थालेपछि सरकारले एक महिना लामो कर्फ्यु घोषणा गरेको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *