सुनसरीमो देवानगञ्जमा नीलगाईले दुःख दिएको स्थानीयको गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १७:००
सुनसरीमो देवानगञ्जमा नीलगाईले दुःख दिएको स्थानीयको गुनासो (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा पछिल्लो केही समय नीलगाईले दुख दिन थालेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेका नीलगाईको बथानले किसानको बाली नष्ट गर्ने गरेको छ । दिउँसो मान्छे देखेर भाग्ने गरे पनि रातिमा आएर नीलगाईले खेतबारीमा बास बसेर बाली खाने गरेको छ ।

यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुन्छ । यसलाई घोडगधा, लिलीगाई र ब्लु बुलको नामले पनि चिनिन्छ ।

नीलगाईको समूहले किसानको खेतीबालीमा क्षति गरेको बारेमा उजुरी आए अवस्था अनुसारको निर्णय लिइने जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ ।

जंगल क्षेत्र अतिक्रमण भएर मानव बस्तीको विस्तार हुँदै गएको तथा जलवायुको नकारात्मक असरका कारण जंगल उजाड हुँदै गएपछि जनावर खानेकुराको खोजीमा मानव बस्ती प्रवेश गर्ने गरेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *