दश दिनदेखि बेपत्ता सम्झनाको शव जंगलमा फेला

हिमालय टिभी
२०७८ साउन १० गते १४:१४
दश दिनदेखि बेपत्ता सम्झनाको शव जंगलमा फेला

१० साउन २०७८ धादिङ । धादिङको गजुरी गाउँपालिका ८ किराञ्चोक निवासी २० वर्षीया सम्झना रोक्का हराएको १० दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।

साउन १ गतेदेखि सम्पर्कविहीन सम्झना रोक्काको शव उनकै घरमाथि जंगलमा आइतबार बिहान भेटिएको प्रहरीले जनाएको हो ।

बाटो हिड्ने मान्छेहरुले गन्ध आएपछि उक्त पँधेरा वनमा खोजबिन गर्दा सम्झनाको शव फेला पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *