Main News

उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्ने तयारी

हिमालय टिभी
२०७८ साउन १० गते १३:१३
उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्ने तयारी

१० साउन २०७८ काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटकपटक थपिँदै आएको छ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ। यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा पुनः थपिन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

तर यसबारे थप निर्णय भने आज बस्ने उपत्यकाका तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठकले गर्नेछ । केही क्षेत्रमा कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो।

पछिल्लो केही दिनदेखि संक्रमण पुनः बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गरिने पराजुलीको भनाइ छ। साथै, यातायातमा समेत फेरि जोरबिजोर गर्नेबारे पनि छलफल हुनेछ ।

काठमाडौं उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *