विदेश

चीनले लगायो अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध

हिमालय टिभी
२०७८ साउन ९ गते १८:३५
चीनले लगायो अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध

९ साउन २०७८ बेइजिङ । चीनले हङकङस्थित चिनियाँ अधिकारीमाथि लगाइएको प्रतिबन्धको जवाफमा कैयौँ अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेको बीबीसीले जनाएको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीन भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले यस्तो निर्णय गरेको हो ।

दुई मुलुकको सम्बन्ध सुधारका उपायबारे छलफल गर्न सेरमन चीन भ्रमण जान लागेको बीबीसीले जनाएको छ ।

हङकङमा गत वर्ष लोकतन्त्रकोे पक्षमा भएको प्रदर्शनका क्रममा सुरक्षा दमनको भूमिका खेलेको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

वाशिङ्टनले हङकङमा काम गर्दा आफ्ना व्यापारिक समुदायमा जोखिम बढिरहेको चेतावनी समेत दिएको छ । हङकङमा गत वर्ष लोकतन्त्रको पक्षमा भएका विशाल प्रदर्शनपछि चीनले नयाँ सुरक्षा कानून कार्यान्वयनमा ल्याएको थियो ।

चीन र अमेरिकाबीच मानवअधिकार, साइबर सुरक्षा र पछिल्लो समय कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर तिक्ततापूर्ण सम्बन्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *