Main News

बढ्यो कोरोना संक्रमण दर, थप १६ जनाको मृत्यु हुँदा ३११४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन ९ गते १६:५१
बढ्यो कोरोना संक्रमण दर, थप १६ जनाको मृत्यु हुँदा ३११४ संक्रमित थपिए

९ साउन २०७८ काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रम जारी छ । विशेषगरी प्रदेश एक, बागमति र गण्डकी प्रदेशमा संक्रमण बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक ३१ सय १४ संक्रमित थपिएका छन् । यो संख्या केहि सातायताकै उच्च हो ।

हिजो २९ सय संक्रमित थपिएका थिए । १० हजार ६ सय २५ पीसीआर परीक्षणमा २३ सय ९ र ४ हजार २ सय ८५ एन्टिजेन परीक्षणमा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६ सय १५ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ४ सय २१, ललितपुरमा १ सय ८ र भक्तपुरमा ८६ जना छन् ।

उपत्यका बाहिर कास्कीमा २ सय ७१ र चितवनमा २ सय ४८ संक्रमित थपिएका छन् । यस्तै मोरङमा १ सय ६४, नवलपरासी पूर्वमा १ सय २, झापामा ९६, सुनसरीमा ९५ नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ९ हजार ६ सय ९५ पुगेको छ । पछिल्लो पटक २१ सय ९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय ५७ पुगेको छ । ६ सय ५० जनाको आइसीयू र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *