Main News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन ९ गते ७:४६
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

९ साउन २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक हिजो साँझ साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्रीले सरकारका पछिल्ला निर्णयहरुबारे जानकारी गराउनुभएको छ । कार्यकारी प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णयहरु राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने प्रचलन छ ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिमा राखेको भाषा र बधाई नदिएको भन्दै विवाद चुलिएको थियो ।

सत्तारुढ गठबन्धनका कतिपय नेताहरुले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *