Main News

कोरोनाभन्दा भोकको बढी चिन्ता, महामारीबीच भारत जाने नेपालीको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ८ गते १४:४३
कोरोनाभन्दा भोकको बढी चिन्ता, महामारीबीच भारत जाने नेपालीको लर्को (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ धनगढी । कोरोना संक्रमणको दोश्रो लहरमा केही कमी आए पनि भारतमा तेश्रो लहरको संक्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि भारत जाने बढ्दै गएका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गौरिफन्टामा रोजगारीका लागि भारत जाने नेपालीको लाम लाग्ने गरेको छ । दैनिक हजारौँको संख्यामा भारत गइरहेका नेपालीलाई कोरोनाको भन्दा भोकको बढी चिन्ता छ ।

कोरोना संक्रमणको पहिलो लहरमा हजारौँको संख्यामा दैनिक स्वदेश फर्केका नेपाली अहिले फेरि रोजगारी खोज्दै भारत पसिरहेका छन् । त्यो बेला लाइन लागेर भारतीय नाकाबाट स्वदेश फर्किएका नेपालीहरु अहिले लाइन लागेरै भारत पसिरहेका छन् ।

कोरोना त्रासकै कारण स्वदेश फर्किएका नेपाली अहिले घर परिवार पाल्नकै लागि भनेर कैलालीसँग जोडिएको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत गइरहेका छन ।

पछिल्लो ५ दिनमा कैलाली र कञ्चनपुरका नाकाबाट १२ हजारभन्दा बढी नागरिक रोजगारीका लागि भारत पसेका छन् ।

रोजगारीका लागि भारत पस्नेहरु कोही परिवारसहित छन् त कोही परिवार पाल्नकै लागि । कोरोना कहरकै कारण स्वदेश फर्केका नागरिक पनि अहिले दैनिकी चलाउनै समस्या परेपछि भारत पसेका हुन् ।

कोरोना कहरले स्वदेश आएका उनीहरुले स्वदेशमै केही गर्न चाहेपनि त्यो सम्भावना नदेखेपछि फेरि भारतकै बाटो रोजेका हुन् ।

भारतबाट स्वदेश फर्केका नागरिकलाई पहिलो चरणमा रोजगारी दिने सरकारले उद्घोष गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा उनिहरुले भारतकै बाटो रोजेका हुन् । सरकारले निर्णय मात्रै गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले समस्या जस्ताको त्यस्तै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *