Main News

जसपा आधिकारिकता विवाद आज टुंगो लगाउने तयारीमा निर्वाचन आयोग

हिमालय टिभी
२०७८ साउन ७ गते ९:०५
जसपा आधिकारिकता विवाद आज टुंगो लगाउने तयारीमा निर्वाचन आयोग

७ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि शुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ ।

गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवै पक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ ।

जसपाको विवाद निरुपणका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *