शान्ति सुरक्षा मजबुत बनाउन कैलालीमा प्रहरीको यस्तो अभियान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १८:५६
शान्ति सुरक्षा मजबुत बनाउन कैलालीमा प्रहरीको यस्तो अभियान (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ कैलाली । कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ नामक अभियान शुरु गरिएको छ । जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउने भन्दै प्रहरीले अभियान शुरु गरेको हो ।

जिल्लामा बिश्व अधिकारी नयाँ प्रहरी प्रमुख बनेलगत्तै अभियान थालिएको हो । प्रहरी प्रमुख अधिकारीले यो अभियानले प्रहरी गाउँगाउँ पुग्ने र अपराधिक गतिविधि रोक्न सहयोग पुग्ने बताउनुभयो ।

प्रहरीले युवालाई लागुऔषधबाट बचाउन ‘सेफ फ्युचर’ कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । भारतसँग सीमाना जोडिएको कैलालीमा लागुऔषध कारोवार धेरै हुने गरेको छ ।

लागुऔषका प्रयोगकर्ता र कारोबारीबारे समुदायलाई बढी जानकारी हुने भएकाले सूचना दिन अधिकारीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *