विदेश
भारतमा ब्ल्याक फंगसका कारण चार हजार बढीको मृत्यु
२०७८ साउन ६ गते १८:५०

६ साउन २०७८ नयाँ दिल्ली । भारतमा ब्ल्याक फंगसका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखिने यो रोगका कारण हालसम्म ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको जनाएका छन् ।
भारतीय स्वास्थ्य मन्त्री मन्सुख मान्ठदाभीयाले देशभर ४५ हजार बढी बिरामीमा ब्ल्याक फंगस देखिएको जानकारी दिए । तर यो संख्या अझै बढी हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।
महाराष्ट्र र गुजरातमा यसका बिरामी बढी देखिएका छन् । सामान्यतया कोरोना संक्रमणमुक्त भएको १२ देखि १८ हप्तामा देखिने ब्ल्याक फंगसले नाक, आँखा र कुनैबेला दिमागमा समेत असर गर्ने चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया