ग्लोकल टीन हिरो नेपाल, २०२१ का लागि आवेदन खुला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १७:२१
ग्लोकल टीन हिरो नेपाल, २०२१ का लागि आवेदन खुला (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले ग्लोकल टीन हिरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुला गरेको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिङ्, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यमा आफ्नो कौशलता देखाएका प्रतिभावान किशोर–किशोरीले यसका लागि आवेदन दिन सक्ने छन् ।

ग्लोकल टीन हिरो नेपालको वेभसाइटमा गएर जुलाई ३० तारिखसम्ममा आवेदन दिन सकिने छ । आवेदन दिनेमध्येबाट सेप्टेम्बर एक तारिखका दिन हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत प्रतिभावान किशोर–किशोरी ग्लोकल टीन हिरो घोषणा गरिने छ ।

यस उपाधिको माध्यमबाट किशोर–किशोरीमा उद्यमशीलको सोँच विकास गर्नुका साथै रचनात्मक सुरुवातका लागि थप ऊर्जा प्रदान गरिने ग्लोकलले जनाएको छ ।

सन् २०१५ मा काठमाडौंका किशोर–किशोरीलाई मात्र लक्षित गरेर शुरु भएको यो कार्यक्रम २०१६ देखि देशभरका किशोर–किशोरी सहभागी हुँदै आएका छन् । ग्लोकलले अहिलेसम्म ९१ जना किशोरकिशोरीलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *