अध्यक्ष ओली पक्षले नै एकतामा भाँजो हालेको नेपाल–खनाल समूहको निष्कर्ष (भिडियो रिपोर्टसहित)
६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले नै एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ ।
काठमाडौंमा आज बसेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेर एकतामा भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको हो । अदालतको फैसलामा सांसदले विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टिकरणको अर्थ नभएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
तर बैठकले पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएको छ । अहिले पनि वार्ता चलिरहेकाले एकतामै सबैले जोड दिएको पन्तले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाउने काम भैरहेकोमा बैठकले आपत्ति जनाएको छ ।
एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेका बेला स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता नेपालविरुद्ध पुत्ला जलाउने लगायतका काम तत्काल रोक्न नेपाल– खनाल समूहले माग गरेको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टिकरण सोधेको छ । र पार्टीबाट निष्काशन गर्ने तयारी गरेको छ । तर नेपालखनाल समूहले यसलाई ठाडै अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया