Political Hightlights

ओली गलत बाटोमा रहेकाले कुनै सम्झौता नहुने नेपाल पक्षको अडान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १३:१५
ओली गलत बाटोमा रहेकाले कुनै सम्झौता नहुने नेपाल पक्षको अडान (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले आफूहरु सही बाटोमा रहेकाले अध्यक्ष केपी शर्मा ओलीसित कुनै सम्झौता नगर्ने बताएको छ ।

बरु पार्टीलाई एक राख्ने हो भने अध्यक्ष ओलीले पद छोड्नुपर्ने उसको शर्त छ । संस्थापन पक्षले कारवाहीको तयारी गरिरहेका बेला नेपाल–खनाल थप अडान र शर्त राखेको हो । आफ्नो पक्षमा सांसद बढाउने गरी उसले काम गरिरहेको छ ।

हिजो नेपाल–खनाल पक्षका सांसदबीचको छलफलपछि एमाले नेता एवं सांसद विरोध खतिवडाले ओलीतिर लागेकाहरुले बाटो बिराएकाले उनीहरुलाई सही ठाउँमा ल्याउने बताउनुभयो ।

एमालको ओली पक्षले संविधानलाई गलत बाटोमा लैजान खोजेको पुष्टि भएको भन्दै अब आफूहरुको बाटोमा ल्याउन प्रयास हुने सांसद खतिवडाको भनाइ छ ।

ओली समूहबाट १४ जना आफ्नोमा आएको नेपाल–खनाल समूहको दाबी छ । नेपालखनाल पक्षले ओली पक्षका ओली पक्षका अझै केही सांसदले साथ छोड्ने दावी पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्