Political Hightlights

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ साउन ६ गते ८:५८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

यसअघिको बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ । पहिलो दिनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

बैठकले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरे पनि हालसम्म पत्र भने पठाइएको छैन । आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने एकजना नेताले बताए ।

हिजोको बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था तथा कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग हिजो छलफल गर्नुभएका माधव नेपालले आजका लागि आफूपक्षीय स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्