विदेश

विश्वमा गत वर्ष दुई करोड ३० लाख बालबालिका आधारभूत खोपबाट बञ्चित

हिमालय टिभी
२०७८ साउन ६ गते ७:५२
विश्वमा गत वर्ष दुई करोड ३० लाख बालबालिका आधारभूत खोपबाट बञ्चित

६ साउन २०७८ काठमाडौं । गत वर्ष विश्वमा दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघीय बाल कोष, युनिसेफले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्यांकमा सन् २ हजार २० मा एक करोड ७० लाखभन्दा धेरैले एउटा पनि खोप नपाएको उल्लेख छ ।

उक्त संख्या २ हजार १९ मा खोप नपाउने बालबालिका भन्दा ३७ लाख बढी हो । खोप नपाउने अधिकांश बालबालिका द्वन्द्वग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौपचारिक वा सुकुम्बासी बस्ती जस्ता स्थानका छन् ।

उनीहरू आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाबाट समेत वञ्चित रहेका प्रतिवेदनमा छ । डब्ल्यूएचओका निर्देशक डा। टेड्रोस अडनोम गेब्रियसले अहिले कोरोनाविरुद्धको खोपको चर्चा भइरहेको बेला अन्य खोपबाट विश्व पछाडि पर्न थालेको बताए ।

बालबालिकाले खोप नपाएमा दादुरा, पोलियो, मेनिन्जाइटिस जस्ता रोग बढ्ने र कोरोनाविरुद्ध लडिरहेको स्वास्थ्य प्रणाली नै जोखिममा पर्ने भन्दै आधारभूत खोप पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

त्यस्तै युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले खोपबारेको पछिल्लो तथ्यांक स्वास्थ्यका लागि स्पष्ट चेतावनी भएको भन्दै बालबालिका बचाउन पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *