Main News

चार्टर्ड फ्लाइटमा बढी भाडा लिनेमाथि कारबाही गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १८:३४
चार्टर्ड फ्लाइटमा बढी भाडा लिनेमाथि कारबाही गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । संसदीय समितिले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न निर्देशन दिएको हो ।

समिति सदस्य दिव्यमणि राजभण्डारीले नेपालको एयरलाइन्सलाई युरोपमा अझै कालोसूचीमा राखिएकोबारे पनि चासो राखेको बताउनुभयो ।

छलफलका क्रममा प्राधिकरणका महानिर्देशक पोखरेलले चार्टर्ड फ्लाइटमा स्वभाविक रुपमा भाडा बढी हुने भए पनि अनियमितता भने नभएको दाबी गर्नुभयो ।

समितिमा नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *