Political Hightlights
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
२०७८ साउन ५ गते ९:०१
५ साउन २०७८ काठमाडौं । हिजोदेखि शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा दिउँसो ३ बजेपछि बैठक शुरु हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा विशेषतः यही साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने तामाङले जानकारी दिनुभयो ।
हिजोको बैठकले भने नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।
प्रतिक्रिया