देउवालाई विश्वासको मत दिनु अक्षम्य अपराध : महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गर्नु भएको छ ।
आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनु भयो ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णयविपरीत विपक्षी दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाउनु भयो ।
महासचिव पोखरलले भन्नुभयो,“हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरु पनि घटदैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णयविपरीत विपक्षी दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिहरुले गर्नु भएको छ । यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौं ।”
महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिनु भयो ।
प्रतिक्रिया