Political Hightlights

प्रमुख प्रतिपक्षी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७८ साउन ४ गते ९:१९
प्रमुख प्रतिपक्षी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

४ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टी विवादबारे छलफल हुने छ ।

बैठकमा पार्टीको ह्विपविपरीत हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुका विषयमा पनि छलफल हुने बताइएको छ।

हिजो बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई मतदान गर्नेहरू एमाले नरहने चेतावनी दिएको थियो।

आजको केन्द्रीय कमिटी बैठकले संसदीय व्यवस्थामा देखिएको अनुशासनहिनताका बारेमा छलफल हुने र पार्टीलाई थप गतिशिल बनाउनेगरी निर्णय आउने कार्यलय सचिव तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्