Main News

संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले जनाए यस्तो प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १८:५३
संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले जनाए यस्तो प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको छ ।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारले निरन्तरता पाएमा अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्राथमिकतामा साथ अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । महामारी नियन्त्रणका लागि सबै उपाय अबलम्बन गर्ने उहाँको प्रतिवद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *