Main News

थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ३ गते १८:०१
थप १ हजार ८ सय १ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

३ साउन २०७८ काठमाडौं । पछिल्लो पटक देशभर एक हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २३ जनाको मृत्यु भएको छ ।

६ हजार ६ सय २८ पिअिसार परीक्षणमा एक हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणमा ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भइसकेका छन ।

पछिल्लो पटक देशभर एक हजार ६ सय ६७ जना संक्रमण मुक्त भएका छन । देशभर २५ हजार ४ सय ८५ जना सक्रिय संक्रमित छन। ५ सय ६१ जनाको आइसियुमा र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *