एमालेको नेपाल–खनाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने (भिडियो रिपोर्टसहित)
३ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
त्यसै अनुसार नेपाल–खनाल पक्षका सांसदहरुले तयारी गरेका छन् । संसद जोगाउनु आफ्नो कर्तव्य भन्दै नेपाल–खनाल समूहले देउवालाई भेट दिने तयारी गरेको हो ।
त्यसका लागि अहिले नेपाल,खनाल पक्ष आन्तरिक छलफलमा छ । देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले अदालतमा निवेदन दिएपनि आज ३५ देखि ४० जनाले देउवाको पक्षमा भोट हाल्ने नेपाल–खनाल पक्षका सांसद एवं नेता विरोध खतिवडाले जानकारी दिनुभयो ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देउवालाई भोट दिन पार्टीका सांसदहरुलाई अपील गर्नुभएको छ । दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेता खनालले वक्तव्य निकालेर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपील गर्नुभएको हो ।
खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पार्नुभएको छ । सरकारले विश्वासको मत नपाए मुलुकको स्थिति फेरी संकटग्रस्त हुने भन्दै खनालले कुनै पनि अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन एमालेका सासदलाइ खनालको आग्र छ ।
गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताउनुभएको छ ।
सर्वोच्चको फैसला नेपालको संवैधानिक–राजनीतिक इतिहासमा ऐतिहासिक भएको खनालको भनाई छ । खनाललेआफ्नो स्वास्थ्यमा सुधार आइरहेको पनि जानकारी दिनुभएको छ ।
प्रतिक्रिया