Political Hightlights

एमाले स्थायी कमिटी बैठक नेपाल समूहद्वारा बहिस्कार

हिमालय टिभी
२०७८ साउन ३ गते १२:५०
एमाले स्थायी कमिटी बैठक नेपाल समूहद्वारा बहिस्कार

३ साउन २०७८ काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आजको बैठक पनि नेकपा एमालेका नेपाल–खनाल समूहले बहिस्कार गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पौने बाह्र बजदेखि शुरु भएको बैठकमा संस्थापन पक्षको मात्रै सहभागिता छ । बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेरै आग्रह गरिए पनि नेपालले अस्वीकार गुर्नभएको छ ।

नेपालले १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति असहमित जनाउनुभएको छ । एमाले स्थायी कमिटी सदस्य एवं विघटित कार्यदलका सदस्य शंकर पोखरेलले नेपालले असहमति जनाएसँगै तीन महिनादेखिको मेहनत खेर गएको प्रतिक्रिया दिनुभएको छ ।

पोखरेलको प्रतिक्रियाले एमालेमा एकताको संभावना टरेको संकेत गरेको छ । उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी हुनुहुन्न ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ ।

विघटित कार्यदलका सदस्यले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरे अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको थियो ।

नेपाल खनाल पक्षले भने सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्