Main News

राष्ट्रपतिले संविधानले गरेको व्यवस्था प्रतिकुल काम गरेको महान्यायाधिवक्ताको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते १९:४२
राष्ट्रपतिले संविधानले गरेको व्यवस्था प्रतिकुल काम गरेको महान्यायाधिवक्ताको टिप्पणी (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक सम्माननीय राष्ट्रपतिज्यूबाट संवैधानिक व्यवस्थाकोे प्रतिकुल हुने गरी गराउने शपथ ग्रहणकोे कार्य नमिलेको बताउनु भएको छ ।

पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गर्नुभएको बताउनुभएको हो । “शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो” उहाँले भन्नुभयो ।

नेपाल सरकारकोे कानूनी सल्लाहकारको रुपमा राष्ट्रपतिज्यू समक्ष सम्माननीय प्र्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुपर्छ,तर राष्ट्रपति कार्यालयले त्यसो गरेन । जसले शपथ गराउँछ त्यसैले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताउनुभयो ।

यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौैतिसँगै अवसर पनि रहेकाले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलार्ई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *