Main News

सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेले देशभर भण्डाफोर अभियान चलाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते १८:२५
सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेले देशभर भण्डाफोर अभियान चलाउने (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाको भण्डाफोर गर्दै अभियान चलाउने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतले दलीय व्यवस्था र लोकतन्त्रको उपहास गरेको ठहर गर्दै भण्डाफोर गर्ने निर्णय गरेको हो ।

बैठकमा एमालेको नेपाल खनाल पक्षका सांसद भने सहभागी भएनन । मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको जिकिर गर्दै जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

खास गरी आफ्नो पार्टीको नेपाल खनाल पक्षका सांसदले प्रधानमन्त्री देउवालाई भोट दिन पाउने अदालतको फैसलाप्रति एमालेको आक्रोश छ । त्यसलाई स्वीकार्न नसकिने भन्दै भट्टराईले फैसला विरुद्ध राजनीतिक अभियान लिएर जनतामा जाने बताउनुभयो ।

संसदीय दलको बैठकमा आज सहभागी नभएका सांसदहरुलाई पनि उपस्थित हुने वातावरण सिर्जना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । तर अनुपस्थितिलाई पार्टीले गम्भीरतापूर्वक लिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *