कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु, २९३६ संक्रमित थपिए
१ साउन २०७८ काठमाडौं । निषेधाज्ञा खुलेपछि कोरोना संक्रमण बढेको छ । प्रदेश एक का तराइका जिल्लामा संक्रमण उच्च भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार संक्रमणबाट हुने मृत्युदर पनि बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक थप ४३ जनाको ज्यान गएको छ । यो संख्या केहीदिनयताकै बढी हो ।
यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ । यस्तै नयाँ संक्रमितको संख्या पनि दैनिक ३ हजारको हाराहारीमा हुन थालेको छ ।
पछिल्लो २४ घण्टाम २९ सय ३६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । ९ हजार ६ सय १३ पीसीआर परीक्षण गर्दा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टिजेन परीक्षण गर्दा ९ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ५ सय ४१ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय ४३, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६२ जना छन् । प्रदेश एक का तराइका तीन जिल्लामा मात्रै करिव ७ सय नयाँ संक्रमित भेटिएका छन् ।
सुनसरीमा २ सय ८४, मोरङमा २ सय ४६ र झापमा १ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कास्कीमा पनि संक्रमण कम हुन सकेको छैन । त्यहाँ १ सय ३८ संक्रमित थपिएका छन् । पछिल्लो पटक १७ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
संक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ पुगेको छ । आइसीयु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि दिनदिनै बढ्दै गएको छ । ५ सय ७८ जनाको आइसीयु र १ सय ७४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया