Main News

नवनियुक्त महान्यायाधिवक्ताको शपथग्रहणमा उपस्थित हुन राष्ट्रपतिद्वारा अस्वीकार

हिमालय टिभी
२०७८ साउन १ गते १४:४७
नवनियुक्त महान्यायाधिवक्ताको शपथग्रहणमा उपस्थित हुन राष्ट्रपतिद्वारा अस्वीकार

१ साउन २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहणमा उपस्थित हुन अस्वीकार गर्नुभएको छ ।

यसअघि महान्यायाधिवक्ताले राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशसँग सपथ लिने गरिएको थियो । तर यो पटक राष्ट्रपति कार्यालयले खातीको सपथ शीतल निवासमा गराउन अस्वीकार गरेको हो ।

राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि खातीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सपथ लिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले हिजो महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताले कानूनी रुपमा प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था रहेकाले यो सपथ समारोह राष्ट्रपति भवनमा नगरेको जनाएको छ ।

राष्ट्रपति कार्यालयले अबदेखि राष्ट्रपतिसँग शपथ लिनेबाहेकका अरु समारोह राष्ट्रपति भवनमा नगर्ने पनि स्पष्ट पारेको छ ।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त अग्नि खरेल र उहाँपछिका रमेश बडालले राष्ट्रपति कार्यालयमै शपथ लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *