Main News

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते २०:३५
लुम्बिनीका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वास मत लिन तयार रहेको बताउनु भएको छ ।

प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन आफू तयार भएको भन्दै विश्वास मत नपाए प्रदेश सभा भंग हुने चेतावनी दिनुभयो ।

विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन तयार भएको भन्दै बजेटलाई असफल नगराउन विपक्षीलाई पटक–पटक आग्रह गर्नुभयो ।

उहाँले प्रतिपक्षी दल छलफलको लागि उत्साही नदेखिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *