Main News
आज पनि देशभर वर्षाको सम्भावना
२०७८ असार ३० गते ८:४७
३० असार २०७८ काठमाडौं । आज पनि देशभर मौसमी वायुको प्रभाव रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभरको मौसममा सामान्य बदली भई केही प्रदेशमा पानी परिरहेको छ । अहिले प्रदेश नम्बर १,२, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो पनि मौसममा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया