Political Hightlights

घेराबन्दीको प्रतिकार गर्न भन्दै एमाले युवा संघद्वारा युथ फोर्स गठन

हिमालय टिभी
२०७८ असार २९ गते १७:००
घेराबन्दीको प्रतिकार गर्न भन्दै एमाले युवा संघद्वारा युथ फोर्स गठन

२९ असार २०७८ काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।

मंगलबारमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यसअघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युथ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो प–यो भने संकट प–यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा , यसलाई रक्षा गर्ने सन्दर्भमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ । यसले आवाजविहीनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’

उहाँले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिनुभयो । साइबर सेनासँग सहकार्य गरेर एमालेविरुद्ध भ्रम छर्नेहरुविरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजार वटा मोटरसाइकललले स्वागत गर्ने पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्