Main News

आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीमा नवनियुक्त प्रधानमन्त्री देउवा

हिमालय टिभी
२०७८ असार २९ गते १६:४८
आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीमा नवनियुक्त प्रधानमन्त्री देउवा

२९ असार २०७८ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट एक एक जना समेटेर सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गर्नुभएको छ ।

देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट एकएक जना मन्त्री नियुक्त गरेर अघि बढ्ने सहमति भएको हो ।

त्यसै अनुसार अहिले ती दल आन्तरिक छलफलमा छन् । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्य सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *