भारतमा यात्रा प्रतिबन्ध खुकुलो बनाएसँगै तेस्रो लहर रोक्न नसकिने चिकित्सकहरुको चेतावनी

२९ असार २०७८ नयाँ दिल्ली । भारतका चिकित्सकले यात्रा प्रतिबन्ध खुकुलो बनाइएसँगै तेस्रो लहर रोक्न नसकिने चेतावनी दिएका छन् ।
भारतीय चिकित्सकको सबैभन्दा ठूलो संस्था इण्डियन मेडिकल एसोसियसनले अब तेस्रो लहरको सामना गर्न तयार हुनु पर्ने चेतावनी दिएको हो ।
यात्रा प्रतिबन्ध खुकुलो भएसँगै अहिले भारतीय नागरिक विभिन्न स्थानमा घुम्न थालेका छन् । जसमा उनीहरुले स्वास्थ्यसम्बन्धि कुनै मापदण्ड पालना गरेका छैनन् । अधिकांशले मास्क लगाएका छैनन् ।
अहिले भारतमा संक्रमण दर कम हुँदै जाँदा पनि दैनिक ४० हजारको हाराहारीमा संक्रमित थपिँइरहेका छन् ।
अहिले विभिन्न राज्यले पर्यटकीय र धार्मिक स्थल खुला गरेका छन् । खोप अभियान व्यापक बनाइएपनि अहिलेसम्म ६ प्रतिशतले पूरा डोज लगाएका छन् भने २२ प्रतिशतले एकमात्र डोज लगाउन पाएका छन् ।
गत अप्रिलमा हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी लाखौं मानिस संक्रमित भएका थिए । जसका कारण त्यहाँका अस्पतालमा अक्सिजन र बेडको चरम अभाव भएको थियो ।
यसै महिना उत्तर प्रदेशले काँवर यात्रा आयोजनाको तयारी गरिरहँदा भारतीय चिकित्सक चिन्तित बनेका छन् ।
प्रतिक्रिया