Main News
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २३७० संक्रमित थपिए
२०७८ असार २८ गते १७:०४
२८ असार २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार चार सय पुगेको छ ।
पछिल्लो पटक २ हजार ३ सय ७० संक्रमित थपिएका छन्। ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका गर्दा २ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा चार सय ३३ संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ८९ ललितपुरमा ९० र भक्तपुरमा ५४ नयाँ संक्रमित भेटिको मन्त्रालयले जनाएको छ ।
थप १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।
प्रतिक्रिया