प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको अभिव्यक्तिमा नेता नेपालको असहमति

२८ असार २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले १० बुँदे सहमति गरे पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आफू निकट २३ सांसदले बुझाएको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेता नेपालले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा हस्ताक्षर गर्ने सांसदको संख्या घटेको भन्दै सामाजिक सञ्जालमै उल्लेख गरेकोमा ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’ नेता नेपालले लेख्नुभएको छ ।
प्रतिक्रिया