Political Hightlights

कार्यदलमा भएको सहमतिप्रति एमाले वरिष्ठ नेता नेपाल असन्तुष्ट

हिमालय टिभी
२०७८ असार २८ गते ७:४८
कार्यदलमा भएको सहमतिप्रति एमाले वरिष्ठ नेता नेपाल असन्तुष्ट

२८ असार २०७८ काठमाडौं । नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले हिजो राति गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने उद्देश्यले सहमति गरिएको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको हो ।

कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोख्नुभएको हो । सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठबन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको नेता नेपालको आरोप छ ।

नेता नेपालको भाव बुझेर नै नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको बताइएको छ । सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पेश गरिएको रिट निवेदनमा एमालेका २३ सांसदको हस्ताक्षर छ ।

एमालेमा एकता कायम हुनु भनेको विपक्षी गठबन्धनबाट माधव नेपाल पक्ष अलग हुनु हो । अब २३ जना एमालेका सांसदहरुले देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिए पनि उनीहरु नैतिकरुपमा त्यो प्रतिबद्धताबाट बाहिर आएको बुझाइ संस्थापन पक्षको छ ।

सहमतिमा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने भने उल्लेख छैन । तर, पार्टी एकताको मर्म र भावनाका आधारमा विधि र प्रक्रियासम्मत तरिकाले यो विषय अघि बढाइने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्