बागलुङमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु

हिमालय टिभी
२०७८ असार २७ गते १४:४५
बागलुङमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु

२७ असार २०७८ बागलुङ । बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्वर ५ खारमा कोरोना संक्रमणका कारण आमा छोराको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण ५२ वर्षीय आमा र ३५ वर्षीय छोराको पोखरामा उपचारको क्रममा मृत्यु भएको बडिगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक चुरामणी कँडेलले जानकारी दिनुभयो ।

आमाको बिहिबार मणिपाल अस्पतालमा र छोराको चरक अस्पतालमा हिजो राती मृत्यु भएको थियो ।

छोरामा बडिगार्डमै एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । आमामा पनि मिल्दोजुल्दो लक्षण देखिएपछि पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *