Main News

प्रधानमन्त्री ओलीद्वारा सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि राहत घोषणा

हिमालय टिभी
२०७८ असार २६ गते १७:१२
प्रधानमन्त्री ओलीद्वारा सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि राहत घोषणा

२६ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

आज ति स्थानको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री ओलीले राहत घोषणा गर्नुभएको हो । तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्तापाता र ३ सय ६६ जना परिवालाई प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने उहाँले घोषणा गर्नुभयो ।

उक्त रकम जिल्ला विपद् व्यावस्थापन कोषमा जम्मा भइसकेको र अबको केही दिन भित्रै पीडित परिवारलाई हस्तान्तरण गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले हेलम्बु गाउँपालिकालाई र पाँचपोखरी थाङपाल गाउँपालिकालाई डेढ–डेढ करोड तथा मेलम्ची नगरपालिकालाई एक करोडको चेक हस्तान्तरण गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलको निरिक्षण गर्नुका साथै बढीपीडितसँग पनि भेट गर्नुभएको थियो ।

यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *