Main News

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कँदै प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७८ असार २६ गते ९:१८
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कँदै प्रधानमन्त्री ओली

२६ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्नुहुने भएको छ ।

बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री आज नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जान लाग्नु भएको हो ।

उहाँ बिहान १० बजे सिन्धुपाल्चोक जाने प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नुहुने छ ।

प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणा गर्ने कार्यक्रम रहेको थपलियाले बताउनुभयो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहनेछ ।

कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तरकृया कार्यक्रमसमेत तय गरिएको छ ।

असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *