विदेश

एक खाद्य उद्योगमा आगलागी हुँदा बंगलादेशमा कम्तीमा ५२ जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार २५ गते १७:०६
एक खाद्य उद्योगमा आगलागी हुँदा बंगलादेशमा कम्तीमा ५२ जनाको मृत्यु

२५ असार २०७८ ढाका । बंगलादेशको राजधानी ढाका नजिकै रहेको एउटा खाद्य पद्धार्थ उत्पादन गर्ने एक कारखानामा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । कैयौं घाइते छन् ।

चाउचाउ र पेय पद्धार्थ उत्पादन गर्ने उद्योगमा आगो लागेपछि कतिपय कामदार ६ तल्लामाथिबाट हाम फालेका थिए । आज ४९ जनाको शव बरामद भएको बंगालदेशको अग्नी नियन्त्रक दलले जनाएको छ ।

गएराती तीनजनाको मृत्यु भएको थियो । हाम फाल्नेहरु अधिकांश घाइते भएका छन् । ढाकाबाट २५ किलोमिटर पूर्वमा रहेको सो कारखानामा हिजो साँझ शुरु भएको आगलागी आजसम्म पनि कायमै थियो ।

प्रहरीले उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । अग्नी नियन्त्रकले गएराति २५ जनाको शकुशल उद्धार गरेका थिए ।

बिजुलीको कमजोर सुरक्षा प्रणालीका कारण बंगलादेशका आगलागीका घटना बारम्बार हुँदै आएका छन् । दुई वर्ष अघि ढाकाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *