विदेश
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
२०७८ असार २४ गते ७:३३

४ असार २०७८ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
७९ वर्षीय जुमाले अदालतको अवहेलनाको आरोपमा जेल सजाय भोग्नका लागि आफूलाई प्रहरीको जिम्मा लगाएका हुन् ।
उनको फाउण्डेशनले उनी गएराति क्वाजुलु-नताल प्रान्तको आफ्नो घर नजिकको एक जेलमा गएको बताए ।
यसअघि त्यहाँको प्रहरीले उनले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो ।
गत साता उनी एक भ्रष्टाचार अनुसन्धानमा उपस्थित नभएपछि अदालतको अवहेलना गरेको भन्दै उनलाई १५ महिनाको जेल सजाय सुनाइएको थियो ।
प्रतिक्रिया