Main News

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा पाँच सदस्यीय इजलास गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १९:००
जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा पाँच सदस्यीय इजलास गठन (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल –जसपा को विवाद निरुपणका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

आयोगका पदाधिकारीको बैठकले आज प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियकाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । इजलासमा आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डाक्टर जानकी कुमारी तुलाधर र सगुन शमशेर जवरा हुनुहुन्छ ।

अब विवाद टुंग्याउन लागि आयोगले साउन ३ गतेदेखि सुनुवाइ शुरु हुनेछ । आयोगले दुवै पक्षलाई सुनुवाइका लागि बोलाउने निर्णय पनि गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अदालती प्रक्रिया अनुसार नै जसपाको विवादको निरुपण हुने जानकारी दिनुभयो ।

बहसका लागि कानुन व्यवसायीको बहस नोट माग गर्दै दुवै पक्षलाई पत्राचार गरिएको छ । इजलास सुरु भएपछि जसपाका दुवै पक्षले आ आफ्नो जवाफ पेश गर्ने छन् ।

जवाफ पेश भएको मितिले ४५ दिन भित्र विवाद निरुपण गर्नुपर्ने व्यवस्था कानुननै भएकाले तोकिएकै समय भित्र विवाद टुंगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रिया सुरु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *